साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी चैत १२ ।
नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गरेका हुन । संघिय सरकार अन्तर्गत भौतिक पुर्वाधार मन्त्रालय द्वारा करिब ९ करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको पुल ३० महिना भित्र निर्माण सम्पन्न हुने बताईएको छ।
पुलको शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले ठेकेदार कम्पनीले तोकिको समय भित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । निमार्णपछि त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास लिइएको छ ।
७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने पुल निर्माण भएपछि जिल्लाको ग्रामीण क्षेत्रको यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने स्थानियहरुले बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend