साझा नेटवर्क
यमलाल भुसाल, बुटवल चैत ११ ।
पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही सम्पर्क समाजले पाल्पाको रिब्दिकोटमा संचालित शारदा माध्यमिक विद्यालयको शैक्षिक सुधारका लागि अभियान संचालन गर्ने भएको छ । सामुदायीक विद्यालयमा अग्रेजी माध्ययमवाट पढाई नहुदा समस्या भएको भन्दै शैक्षिक सुधारका कार्यक्रम ल्याउन माग गरेका छन ।
समाजको शुक्रवार भएको प्रारम्भिक अधिबेशन तथा साधारणसभामा वोल्नहरुले रिब्दिकोटमा अंग्रेजी माध्यममा पढाई नहुदा विद्यार्थीलाई पढाउन शहर वजार जान बाध्य हुन परेको भन्दै त्यहा रहेको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सुधार गर्न माग गरेका छन । समाजका वरिष्ठ उपाध्यक्ष जगदीश न्यौपान रिब्दीकोटका निर्वतमान अध्यक्ष विष्णु गैरे विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन न्यौपाने र शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषि बहादुर राना ले यस्तो माग गदै आर्थिक समस्या भए सोको व्यवस्थापन समेत गर्ने बताएका छन ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले समाजले सामाजिक कामलाई बढी प्राथमिकतामा राखेर अगाडी बढन सुझाव दिनु भयो । पाल्पा रिब्दिकोट गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष चिरन्जीवी पोखरेलले गाउपालिका र वडाले गरेका विकास निर्माण शैक्षिक क्रिर्याकलाप लगायतमा राजनैतिक हिसावले नहेरी सबैको समान पहुच हुने गरि वजेट विनियोजन गरिएको बताउनु भयो ।
उहाँले शारदा माध्यमिक विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि समिती गठन भएको र सोही समितिको निर्णयका आधारमा आगामी योजना अघि बढाउने बताउनु भयो । कार्यक्रममा समाजका अध्यक्ष तुल्सीराम पराजुलीले संस्था स्थापन गर्न गर्नु परेको पहल र समाजले गरेका सामाजिक कार्यको वारेमा प्रकाश पार्नु भएको थियो ।
समाजमा जगदीश न्यौपानेको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा बसन्त प्रसाद पराजुली उपाध्यक्ष कमल प्रसाद गैरे सचिवमा धातानन्द पराजुली र सहसचिवमा भुवानी प्रसाद पराजुली, कोषाध्यक्षमा विनिता न्यौपाने र सदस्यमा सीता पराजुली, सूर्य बहादुर सुनार, प्रम प्रकास पाण्डे र रमेश पाण्डे रहुनु भएको छ ।
त्यैस्तै लेखा समितिको संयोजकमाश्रीराम गैरे सदस्यमा हरि प्रसाद गैरे होमनाथ पाण्डे र गन बहादुर राना चयन हुनु भएको निर्वाचन समितिका संयोजक यमलाल भुसालले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend