साझा नेटवर्क
टेकराज थापा, कतार।
गुल्मी सेवा समाज कतारको आयोजनामा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति अक्षयकोष स्थापनाका सहयोगार्थमा बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट बहुचर्चित राष्ट्रिय कलाकार कतार आउने भएका छन्।
आगामी १७ मार्च २०२३ तारिक का दिन समाजको वृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट लोक दोहोरी क्षेत्रका बहुप्रतिष्ठित चर्चित गायीका शान्ति श्री परियार,लोक तथा दोहोरी गायक नन्दु परियार, गायक तथा मोडल अनिल पौडेल, चर्चित नृत्यगङ्गना रविना भण्डारी, गायक तथा मोडल अमित सुनार आउने भएका हुन्।
त्यस्तै उक्त कार्यक्रमको लागि लोकदोहोरी तथा हास्यकलाकार अर्जुन कुंवर, लोक तथा दोहोरी गायक बिक्रम परियार, मोडल बिजया बि.क को लागि आवश्यक डकुमेन्ट प्रोसेसिङ्ग प्रक्रिया अगाडी बढाएको थियो, अन्तमा आएर उहाँहरु त्रीयजानको भिसा ननिस्केको समाजले जनाएको छ।
प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरू बिच आपसी सम्बन्धलाई प्रगाढ होस् भन्ने उदेश्यले बिगतका वर्षामा जस्तै निरन्तरता दिदै आएको छ । कतारलाई कर्मभूमि बनाई रहनुभएका गुल्मेली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा सरिक भइ यो पबित्र महान अभियानमा सहयोग गर्न जिल्लावासीहरुलाई समाजले हार्दिक आव्हान समेत गरेको छ।
कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष कमल अर्यालले साझा नेटवर्कलाई जानकारी गराए। साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend