साझा नेटवर्क
गुल्मी, २७ फागुन ।रिटर्नी फेडेरेसन नेपाल गुल्मीको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा रविलाल पन्थ सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्याक्ष्यमा महेन्द्र रायमाझी र अमरसिंह कुवुर, सचिवमा देवराज पाण्डे, उपसचिवमा रामनाथ शर्मा र अशोक सापकोटा निर्वाचित भएको संगठनले जनाएको छ ।
त्यस्तै फेडेरेसनको कोषाध्याक्षमा युवराज भण्डारी निर्वाचित भएका छन् । संगठन ३१ सदस्यीय निर्माण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनार र पार्टी सचीव गणेश श्रीपाली, उपसचिव धर्म बिश्कर्मा, फेडेरेसनका केन्द्रिय सह कोषाध्यक्ष बसन्त के.सी, प्रदेश सचिव राजेन्द्र पन्थ, एमाले नेतृ बिमला खत्री लगायतको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend