logo
  • शनिबार, असोज १० २०८३

बाँदर र बदेल धपाउन वडाबाट नक्कली बन्दुक पाएपछी स्थानीयहरु खुसी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,प्यूठान फागुन २३ ।

प्युठानकोे मल्लरानी गाउँपालिका ३ ले स्थानीय बासीलाई बादर र बँदेल धपाउने बन्दुक उपलब्ध गराएको छ । बँदेल र बाँदरले बालीनाली खाइदिँदा हैरान भएका स्थानियले वडा अध्यक्षलाई बाँदर र बँदेलबाट बालीनाली बचाइदिन आग्रह गरेका थिए ।मकै भित्राउने बेला बाँदरले खाइदिदा निकै सास्ती खेप्दै आएकामो अब बन्दुक पट्काउँदा बन्यजन्तु तर्सीने भएकाले धेरै बालीनालीको संरक्षण हुने स्थानिय को भनाई छ । महिलाहरुले पनि सजिलै पट्काउन सकिने बन्दुकबाट आवाज मात्र ठुलो आउने, आवाज सुन्दा जंगली जनावर तर्सिएर भाग्ने गरेको उनीहरुले बताएका छन ।बाँदर र बँदेलले हैरान पारेको गुनासो वडावासीले गरेपछि बन्दुक बनाएको वडा अध्यक्ष नोमराज पौडेलले बताउनुभएको छ ।

यो प्रविधिबाट बाँदर र बँदेल भगाउन सकिने हुँदा प्युठानमा पहिलो पटक आफुले सुरु गरेको अध्यक्ष पौडेलले दावी गर्नुभयो । अध्यक्ष पौडेलका अनुसार यो प्रविधी निकै प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०७९÷८० को बार्षिक स्वीकृत बजेटबाट वडाले महाविर पुनले संचालन गरेको आविस्कार केन्द्र काठमाडौंबाट उक्त बन्दुक लिएको हो बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend