साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान फागुन २२ ।
प्यूठानका अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्यूठान नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद बिकास समिति प्यूठानको आयोजनामा गणतान्त्रिक खेल मैदान बिजुवारमा सञ्चालित विभिन्न पालिका स्तरीय खेलहरुमा प्यूठान नगरपालिकाले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
पालिका स्तरीय प्रतियोगितिामा दोस्रो स्थान स्वर्गद्धारी नगरपालिकाले प्राप्त गर्न सफल भएको छ भने सरुमारानी गाउँपालिकाले तेस्रो स्थान हात पार्न सफल भएको छ । छात्र भलिवल प्रतियोगितामा गौमुखी गाउँपालिका प्रथम ,स्वर्गद्धारी नगरपालिका द्धितिय र सरुमारानी गाउँपालिकाले तृतिय स्थान हासिल गर्न सफल भएको छ भने छात्रा भलिवल तर्फ स्वर्गद्धारी नगरपालिका प्रथम,गौमुखी गाउँपालिका द्धितिय र प्यूठान नगरपालिका तृतिय हुन सफल भएको छ ।
भलिवत प्रतियोगिताको छात्र भलिवल तर्फको उत्कृष्ट खेलाडी हुन स्वर्गद्धारी नगरपालिकाका राजु सुनार सफल भएका छन् भने छात्रा भलिवलको उत्कृष्ट खेलाडीको रुपमा स्वर्गद्धारी नगरपालिकाकै तिर्सना पुन सफल भएकी छिन् । छात्रा ज्यावलिङ्ग तर्फ स्वर्गद्धारी नगरपालिकाका फुलमाया पुन प्रथम हुन सफल भएकी छिन् भने द्धितिय मल्लरानी गाउँपालिकाकी अस्मिता परियार र तृतिय नौवहिनी गाउँपालिकाकी कल्पना खड्का हुन सफल भएकी छिन् भने छात्र ज्यावलिङ्ग तर्फ सरुमारानी गाउँपालिकाका शिशिर रायमाझी प्रथम,ऐरावती गाउँपालिकाका बविन भण्डारी द्धितिय र स्वर्गद्धारी नगरपालिकाका सोजु रोकामगर तृतिय हुन सफल भएका छन् ।
सटपुट थ्रो छात्रा तर्फ स्वर्गद्धारी नगरपालिकाका मुना राना मगर प्रथम ,नौबहिनी गाउँपालिकाका विन्दु गिरी द्धितिय र प्यूठान नगरपालिकाका तारा पुन तृतिय भएका छन् भने छात्र सटपुट थ्रो तर्फ नौवहिनी गाउँपालिकाकी खेमराज घर्तिमगर प्रथम,ऐरावती गाउँपालिकाका गणेशमान रास्कोटी द्धितिय र स्वर्गद्धारी नगरपालिकाका सुशील श्रेष्ठ का साथै प्यूठान नगरपालिकाका कृतिमान सुनार भएका छन् । ३ हजार मिटर दौड छात्रा तर्फ गौमुखी गाउँपालिकाकी अञ्जली मल्ल प्रथम,प्यूठान नगरपालिकाकी भवि पुन द्धितिय र स्वर्गद्धारी नगरपालिकाकी श्रृजना घर्तिमगर तृतिय हुन सफल भएकी छिन भने ३ हजार मिटर दौड छात्र तर्फ गौमुखी गाउँपालिकाका कुल बहादुर सुनार प्रथम ,ऐरावती गाउँपालिकाका विपिन नेपाली द्धितिय र मल्लरानी गाउँपालिकाका मधुसुदन भण्डारी तुतिय भएका छन् ।
तीन दिन सम्म सञ्चालित भलिवल ,ज्यावलिङ्ग,सटपुट,त्रिपलजम्प,लङजम्प,हाइजम्प,रिले,दौड,लगायतका खेलहरुमा खेलाडीहरुको रोचक प्रतिष्पर्धा भएको थियो । शनिवार सम्पन्न खेलको समापन कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ,कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सि., प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी,झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल लगायतका अतिथिहरुले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेलकुद विकास समिति प्यूठानका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले गरेका थिए । कार्यक्रमकै अवसरमा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पूर्याउने व्यक्ति ,संघ संस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend