logo
  • शनिबार, असोज १० २०८३

बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सिर्जना आचार्य,कपिलवस्तु फागुन २२ ।

कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिको आयोजनामा आइतबार उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो ।अनेरास्ववियु बाणगंगा क्याम्पस समितीका अध्यक्ष बिकास भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अनेरास्ववियुका जिल्ला सदस्य सुजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले होलिले आपसि भाइचारा बढाउने भन्दै आपसी सदभाव नखल्वल्याई होली खेल्न आग्रह गरे । उनले आउदै गरेको होलीमा कुनै पनि बिकृति नभित्र्याई संस्कृतिका रुपमा मनाउन आग्रह गर्दै अग्रीम शुभकामना समेत ब्यक्त गरे ।

कार्यक्रममा अर्घाखाँचि कपिलवस्तु सम्पर्क समितिका अध्यक्ष प्रभाकर क्षेत्री, टेक्नीकल कलेजका विद्यार्थी नेता डा. मधुकर भट्टराई , वाणगंगा क्यम्पस कमिटी सचिव साकार भण्डारी, वामदेव पौडेल आदित्य सिंह लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम शिशिर पौडेल काे सञ्चालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend