साझा नेटवर्क
सन्जय गुरुङ,बुटवल फागुन २२ ।
सहिद स्मृति प्रतिष्ठान नेपाल,रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा फागुन २१ गते आइतबारको दिन भएको कार्यक्रममा २९ युनिट ब्लड संकलन भएको छ । सहिद प्रतिष्ठानका उपाध्यक्ष मनोज रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता बामदेव क्षेत्रीको प्रमुख अतिथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता क्षेत्रीले रक्तदान र रगतको महत्वबारे चर्चा गरेका थिए। कार्यक्रममा माओवादी नेता गोबिन्द केसी, बिनोद पहाडी , निर्मल जिसि, यज्ञ पोखरेल र धन बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । जनयुद्धका सहिदहरुको स्मृतिमा प्रत्येक बर्ष फागुन १४ गते देखि २१ गतेसम्म सहिद बिपेत्ता र घाइते परिवारहरु भेटघाट र छलफल र सम्मान गरिने कार्यक्रम अन्तर्गत यस बर्ष पनि सहिद सप्ताहभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
बुटवलमा रक्तदानसंगै सहिद सप्ताहको समापन गरिएको माओवादी रुपन्देही जिल्ला संयोजक निर्मल जिसीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend