logo
  • शनिबार, असोज १० २०८३

औषधि व्यवसायी संघ प्यूठानकाे अध्यक्षमा कर्माचार्य


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क फागुन २० ।

औषधि व्यवसायी संघ प्युठानकाे पाचाै जिल्ला अधिवेशनले भगतबहादुर कर्माचार्यकाे अध्यक्षतामा सर्वसम्मत नया नेतृत्व निर्वाचित गरेकाे छ । हाेटल अायुस्मा जुम्रीमा अाज अायाेजित अधिवेशनले उपाध्यक्षमा गाेविन्दराज घिमिरे, महासचिवमा खिमप्रसाद पार्धे, सचिवमा मदन केसी, काेषाध्यक्षमा दिनेश कार्की र उपकाेषाध्यक्षमा राधा केसीलाई निर्वाचित गरेकाे हाे । यस्तै सदस्यहरूमा गाेपाल याेगी र पार्वता केसी रहनुभएकाे छ ।

यसअघि अधिवेशनकाे उद्घघाटन गर्दै औषधि व्यवसायी संघ लुम्विनी प्रदेश महासचिव लुकराज न्याैपानेले औषधि व्यवसायलाई मर्यादित बनाउन संघ कृयाशील रहेकाे बताउनुभयाे । अधिवेशन सफलताकाे शुभकामना मन्तव्य संघका लुम्विनी प्रदेश केन्द्रीय सदस्य सरेन्द्ररज अधिकारी, दाङका अध्यक्ष विष्णुप्रसाद पौडेल र रोल्पा अध्यक्ष शिव प्रसाद आचार्य, नेपाल पत्रकार महासंघ अध्यक्ष सञ्जय रिजाल, संघका कानुनी सल्लाहकार रामेश्वर सुवेदी, कालिका विकास केन्द्र का रजेन्द्रप्रसाद राजभण्डारी लगायतले दिनुभएकाे थियाे ।

साे अवसरमा खलंगाका जेष्ठ औषधि व्यवसायी कृष्णप्रसाद श्रेष्ठ र विजुवारका जगन्नाथ रिजाललाई सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend