साझा नेटवर्क
प्यार अलि खान,प्यूठान फागुन २० ।
संसदमा एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्थायी कमिटी सदस्य डाक्टर राजन भट्टराईले बताएका छन् ।
शुक्रबार जुम्रिमा प्रेस चौतारी प्यूठान द्वाराआयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भने,’हामी संसदीय मूल्य मान्यता तथा मर्यादा भित्र रहेर जिम्मेवार तथा रचनात्मक प्रतिपक्षको भूमिका खेल्नेछौं ।’ स्वार्थले भरिपूर्ण अहिलेको गठबन्धनले राजनैतिक अस्थिरता बढाएको उनले बताए । ‘राजनैतिक स्थिरता तथा विकासका लागि हामीले समर्थन गरेर निकास दिएका थियौं ।’
पार्टीको विदेश विभाग प्रमुख समेत रहेका नेता भट्टराईले भने, ‘माओवादीले राजनैतिक बेइमानी गर्दै मिलिजुली सत्ताको दोहन गर्ने नियतका साथ देशलाई अधोगती तर्फ धकेल्यो ।’ पार्टीले देश व्यापी सञ्चालन गरेको मिशन ग्रास रुट कार्यक्रमले हाल देखा परेको विकशित राजनैतिक घटनाक्रमबारे जनतालाई सुसूचित गराउने अभियानको रुपमा अगाडि बढाईएको उनले बताए ।
जनताको घरघरमा, बस्ती तहमा अभियान केन्द्रित भैरहेको उनले बताए । मिशन ग्रास रुट कार्यक्रमको लुम्बिनी प्रदेश अनुगमन प्रमुखको जिम्मेवारीमा रहेका भट्टराई अभियानबारे जानकारी लिन प्यूठान आएको एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend