logo
  • शुक्रबार, असोज ९ २०८३

प्यूठान डान्स आइडलको बिजेता बनिन् बिरा घर्ती मगर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,प्यूठान फागुन १४ ।

प्यूठान डान्स आइडलको प्रमुख बिजेता बिरा घर्ती मगरले हासिल गरेकी छन् । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता माध्यमिक विद्यालय, बर्जिवाङ्गमा कक्षा दशमा अध्ययनरत छात्रा बिरा घर्ती मगरले अथक मेहनत र परिश्रम पछि प्युठान डान्स आइडलको बिजेता भएकी हुन । त्यस्तै गौमुखी गाउपालिका बाट रेजिना के.सी.को ग्रुप दोस्रो भएका छन् । डान्स आइडलको तेस्रो स्थान हासिल गर्नेमा प्युठान नगरपालिका कि सरस्वती घर्ती मगरले हात पार्न सफल भएकी छिन् । आइडलमा मल्लरानी गाउँपालिकाबाट एलिसा थापा चौथो भएकी छिन भने पाचौ प्युठान नगरपालिकाबाट अर्जुन भन्डारीले प्राप्त गर्न सफल भएको आयोजकले जानकारी दिएको छ।आइडलमा प्रथम बिजेता हुने बिरा घर्ती मगरलाई ५५ हजार ५ सय ५५, दोस्रो हुने रेजिना के.सी.को ग्रुपलाई ३३ हजार ३ सय ३३ र तेस्रो हुने सरस्वती घर्ती मगरलाई २२ हजार २ सय २२ रुपैया ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्युठान उधाेग बाणिज्य संघकाे मुख्य आयाेजना तथा प्युठान डान्स आईडलकाे आयाेजनामा भएको डान्स आइडलले गाउँ देखि सहरसम्म लुकेर रहेका नव प्रतिभाको खोजी गर्ने र उनिहरुलाई अवसरको पहिचान गरिदिने रहेको छ ।यहीँ माघ २१ गते देखि फागुन २ गतेसम्म जिल्लाभरबाट ५ सय जना नृत्य प्रतिभाहरुको बिचबाट ३ जना उत्कृष्ट नवप्रतिभाहरु छनोट हुन सफल भएको आयोजकले बताएको छ। फागुन २ देखी सबै चरण पार गर्दै आज फागुन १३ गते प्युठान डान्स आईडल जित्न सफल बिरा घर्ति मगर लगाएत “टपटेन”सम्मपर्ने लगाए सहभागी सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend