logo
  • शनिबार, असोज १० २०८३

उद्योग बाणिज्य संघको चुनावमा मिश्रा र गुप्ताले उम्मेदवारी दिने निश्चित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावमा अध्यक्ष पदमा शशी हार्डवेयरका सञ्चालक अजय मिश्रा (सुरज मिश्र) र महासचिव पदमा ओम मोबाइल इलेक्ट्रोनिक सेन्टरका सञ्चालक तथा पत्रकार बलवंत गुप्ता (भोला गुप्ता)ले उम्मेदवारी दिने घोषणा गरेको छन् । उद्योगी व्यापारीहरुको हक, अधिकार र संरक्षणका लागि उम्मेदवारी दिने घोषणा गरेको मिश्राले बताएका छन् ।

आगामी कार्यकालकामा उद्योग वाणिज्य संघ कृष्णनगरलाई अझै पारदर्शी र व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । यस्तै भोला गुप्ताले उद्योगीहरुको व्यापारलाई हकहितका लागि सबै उद्योागीहरु संगठित बनाउन र व्यापार क्षेत्रमा भएका समस्यालाई समाधानका लागि महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend