logo
  • शुक्रबार, असोज ९ २०८३

महोत्सवमा उर्लिदै  प्यूठान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्यार अलि खान, प्यूठान फागुन ८।
उद्योग वाणिज्य संघद्वारा आयोजित स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवमा शनिबार र आइतबार दर्शकको भीड लागेको छ।
शनिबार झण्डै ७ हजार र आईतबार पनि सोही संख्यामा प्रवेश टिकट बिक्री भएको टिकट व्यवस्थापन समिति संयोजक माधव राज भण्डारीले जानकारी दिए। आज चौंथो दिन बहुचर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको बेजोड प्रस्तुतिसंगै हजारौं दर्शकले भरपूर्ण मनोरञ्जन लिएको महोत्सव मूल आयोजक समारोह समितिका संयोजक पशुपति नारायण नकर्मीले विश्वास लिएका छन्।
शनिबार बहुचर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीले पनि बेजोड प्रस्तुति दिएका थिए। पंगेनीसंगै चर्चित गायिका सम्झना लामिछाने मगर, मोडेल अञ्जली अधिकारी र बिमल अधिकारीले आफ्नो प्रस्तुति राखेका थिए।  आईतवार शर्माले आफ्ना लोकप्रिय मध्येका करिब १ दर्जन लोकप्रिय गीत सुनाएर दर्शकहरुलाई नचाएका थिए।

शर्माको गीतमा दर्शक दिर्घामा र मंचमै अतिथिहरु छमछमी नाचेर साथ दिएका थिए। शर्मासंगै चर्चित गायिका टीका प्रसाईं, लेखराज गुरूङ, उद्घोषणसंगै लोक तथा दोहोरी गायक दिपु पुन मगरले आफ्नो प्रस्तुति राखेका थिए। आज  सोमबार चर्चित गायिका रचना रिमाल, चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियार लगायत कलाकारहरु आउने कार्यक्रम रहेको सांस्कृतिक संयोजक प्रमोद पोख्रेलले जानकारी दिए।

महोत्सवमा संचालित प्यूठान डान्स आइडलले विशेष रौनकता थप्दै लगेको भने जिल्ला स्तरीय लोक तथा दोहोरी गीत प्रतियोगिता पनि संचालित छ। महोत्सवबाट हुने आम्दानीले सरकारी लगानीमा सहकार्य गर्दै बिजुवारमा सुविधासम्पन्न वाणिज्य सभा हल र प्रदर्शनी स्थलको निर्माण कार्य अघि बढाइने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend