साझा नेटवर्क
जायस्वर जैसी,प्यूठान फागुन ५ ।
भृकुटी माध्यमिक विद्यालय लिवाङ प्यूठानको वार्षिक उत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ ।
गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । शैक्षिक गुणस्तर सुधार नै मुख्य कुरा भएकोले सबै सरोकारवाला पक्ष विद्यालयको गुणस्तर सुधारमा प्रभावकारी ढङ्गले लाग्नुपर्ने कुरामा उपाध्यक्षको जोड दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर केसीको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरु,बुद्दिजिवि,समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्याथीहरुले गित,नित्य तथा अन्य खेलकुदका कार्यक्रम प्रस्तुत गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend