साझा नेटवर्क
तिलु शर्मा पौडेल, पर्वत असोज ६ ।
धौलागिरि अञ्चलकै नमुना सहकारीका रूपमा चिनिएको पर्वत जिल्लाको मल्लाज माझफाटमा रहेको मल्लाज वहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा सोमबार मल्लाज माझफाटमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण राष्ट्रिय सहकारी सङ्घका प्रवन्धक के.वी. उप्रेतीले गर्नु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंकका सदस्य राम बहादुर के.सि. रहनु भएको थियो । अतिथिहरुमा प्राइम वहु-उद्देश्यीय सहकारी संघका अध्यक्ष नितेस कोइराला, कास्की जिल्ला सहकारी संघका सञ्चालक सुरेन्द्र पौडेल, बागलुङ जिल्ला सहकारी संघकी अध्यक्ष अन्जु जी.सि. रहनु भएको थियो ।

दिप प्रज्वलन तथा व्यानर अनावरण संगै सुरु भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष हिरा बहादुर जी.सि.ले स्वागत मन्तव्य राख्नु भएको थियो । सहकारीले माझफाँट गाविस सँगै बाँसखर्क, लेकफाँट, शालिजा र धाइरिङ गरि ५ ओटा गा.वि.स.लाइ कार्यक्षेत्र बनाएको छ । ग्रामीण क्षेत्रबाट संचालित भएपनि बजार क्षेत्रमा सञ्चालित वित्तिय संस्थाले भन्दा बढि नै सेवा सुविधा उपलव्ध गराउँदै आएको सहकारीले बचत तथा ऋण सँगै केवल नेटवर्क समेत सञ्चालन गरेको छ ।

विभिन्न सामजिक कार्यमा पनि अग्रस्थानमा रहेको यस सहकारीले बिभिन्न क्षेत्रमा सफल र योग्य व्यक्तिलाई सम्मान र हौसला समेत प्रदान गर्दै आएको छ । उक्त सभाको अवसर पारेर यसै सहकारीमा सेयर सदस्य रहनु भएका सम्पूर्ण सेयर धनीका छोराछोरी मध्यबाट सरकारी विधालय र निजि विधालयबाट एस.एल.सि. मा उत्कृस्ट अङ्क ल्याउने एक/एक छात्रालाई नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुने छात्राहरुमा सरकारीबाट अनिता जी.सि र निजि बिद्यालय तर्फबाट अन्जिता रिजाल रहेका छन् ।

वर्षको उत्कृस्ट कर्मचारीको रुपमा यसै सहकारीमा कार्यरत सह लेखापाल आशा के.सी. त्यस्तै सञ्चालक समितिमा रहेर उत्कृस्ट कार्य गरेबापत उपाध्यक्ष हिरा जिसी कोषाध्यक्ष, रामचन्द्र कार्कीलाई पनि दोसल्ला र प्रसंसा पत्रले सम्मान गरिएको थियो । साथै उपस्थित अतिथिहरुलाई खादा ओढाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । उत्कृस्ट कार्य सम्पादन सहित कारोबारमा पनि उत्कृस्ट रहेको बगरफाट सहकारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले स्थानीय संग सहकार्य र समन्वयबाट मात्रै सफलता सम्भव रहेको भन्दै थप प्रगतिको शुभकामना दिनुभयो । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले सहकारीको उच्च प्रसंसा गर्दै थप सफलताको शुभकामना व्यक्त गरेका थिए । ग्रामीण क्षेत्रको सहकारी भएपनि दैनिक ५ देखि १० लाख रुपैया सम्म रेमिट्यान्स भुक्तानी हुने गरेको छ।

सस्थाका कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै वर्ष २०७२/०७३ मा ७५५८६१४१रुपैया बचत संकलन गरेको संस्थाले ६००७२७४५ रुपैया लगानी गरेको सहकारीमा १८३ जना सेयर सदस्यको १४३२८३०० रुपैया सेयर रकम रहेको संस्थाले ०७२र०७३ मा ८११५८८रुपैया मुनाफा गरेको जानकारी दिए।

बिगत लामो समय देखि धौलागिरिकै उत्कृस्ट सहकारीको रुपमा रहेको यस सहकारीले अझै लगानीको क्षेत्र बढाउदै प्रतिस्पर्धा मार्फत नभई सबैसँग सहकार्य र समन्वयबाट अघि बढ्न सुझाब दिंदै राष्ट्रिय सहकारी बैकका निर्देशक के.बि उप्रेतीले पछिल्लो समय ग्रामीण क्षेत्रमा सहकारीको पहुच बढ्दै गए पनि सदस्यहरुले सहकारिता बारे चासो नदिदा समस्या हुने गरेको बताए ।

सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति अधिकारीले आफुले सधै सहकार्य र समन्यवबाट अघि बढेको र यसलाई थप निरन्तरता दिने तथा नया लगानीका क्षेत्र पहिल्याउदै लागानिको क्षेत्रलाई फराकिलो बनाउदै अघि बढ्ने प्रतिवद्धता गर्नु भएको थियो ।
साधारणसभालाई सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुराउने सबैलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव रघुनाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो । (पर्वतबाट सन्दिप शर्मा रिजालको सहयोगमा )
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend