logo
  • शनिबार, असोज १० २०८३

विकासको पर्खाईमा मदार मेलाको मुख्य स्थल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सहबान अन्सारी, माघ २८।
नेपालकै पहिलो र ऐतिहासिक मेला मध्ये एक मदार बाबा मेला हो । मुस्लिम तथा हिन्दु समुदायको अस्थाको केन्द्र समेत मानिने मेला मुख्य मजार अर्थात पुजा गर्ने ठाँउ निर्माण हुन सकेको छैन ।
नेपाल लगायत भारतबाट करिब १०/१२ लाख भन्दा बढी भक्तजनहरु आउने मेलामा हरेक वर्ष करिब २० देखी ३० लाखसम्म दानको रुपमा संकलन हुदाँ पनि अहिलेसम्म वर्षौं देखी मुख्य मजार निर्माणाधिन अवस्थामा रहेको दर्शानार्थीहरु बताउछन ।

निर्माण तथा व्यस्थित गर्नको लागी मेला समिती तथा सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानियहरु आरोप लगाएका छन । सुस्ता गाउँपालिका वडा नं. २ महलबारी बजारदेखी करिब ९ किलोमिटर डाँडामा अवस्थित रहेको हुदाँ पैदल यात्रा गरी बाबा मुख्य स्थलसम्म पुग्ने गरिन्छ ।

बिभिन्न धर्मावलम्बीहरुको संयुक्त सहभागिता रहने उक्त मेलामा दर्शन गर्न आउने भक्तजनहरुको हरेक मनोकामना पुरा हुने जनविश्वास रहेको छ । मदार बाबा मेला माघ २५ गते देखी फाल्गुन ५ गते सम्म चल्ने मेला  समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend