logo
  • शनिबार, असोज १० २०८३

रेसुङ्गा नगरपालिकाले लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

गुल्मी,२४ माघ ।

रेसुङ्गा नगरपालिका गुल्मीले आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । यस नगरपालिकाभित्रका विद्यार्थीहरुलाई लक्षित गरी लोकसेवा आयोग एवम् शिक्षक सेवा आयोगबाट प्रकाशित तथा प्रकाशनको तयारीमा रहेका विज्ञापनहरुलाई लक्षित गरी नि:शुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

नायव सुवा तथा खरिदार एवम् शिक्षक सेवा आयोगतर्फ प्रा.वि. तथा आधारभूत तहको लागि तयारी गरिरहेका वा गर्न इच्छुक नगरभित्र स्थायी बसोबास गर्दै आएका एस.एल.सी/एस.ई.ई वा प्लस टु उत्तीर्ण गरेको र १८ वर्ष पुरा भएका व्यक्तिहरुले २०७९ फागुन १ गते भित्र निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । तयारी कक्षा ९० दिन सम्म सञ्चालन हुने र शिक्षा सेवा आयोगतर्फ मावि तहको प्रथम पत्रको समेत कक्षा सञ्चालन हुने समेत सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend