साझा नेटवर्क
पर्सा, १९ माघ । वीरगंज महानगरपालिका कार्यालयको बजार व्यवस्थापन समितिको बैठक बुधवार सम्पन्न भएको छ । वीरगंज महानगरपालिका उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बजार व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो ।
वीरगंज महानगरपालिका कार्यालयमा बसेको बजार व्यवस्थापन समितिको बैठक बजार अनुगमनमा तिब्रता ल्याउनुको साथै खदान्य समाग्रीको चेकजाचमा समेत तिब्रता दिइने निर्णयका साथ बैठक सम्पन्न भएको छ । बजारमा खुद्रा समान तथा थोक बिक्रेताहरुले म्याद गुज्रिसकेको समाग्रीहरु बिक्रि बितरण गर्ने गरेको गुनासाहरु आउन थालेपछि वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले तिब्रताका साथ चेकजाच गरिने र त्यसो गरेको फेला परे कानूनी दायरामा ल्याउने बताउनु भयो ।
वीरगंज महानगरपालिकाका उपप्रमुख आलमले यस पत्रिका संग कुरा गर्दै आज बसेको बैठकमा महानगरपालिकाको बिभिन्न ठाउहरुबाट आएका गुनासोलाई मध्य नजर गर्दै अगामी दिनमा अनुगमन गर्ने निकाय तिब्र रुपका साथ अगाडी बढी अनुगमन गर्ने र म्याद नाघेका समाग्रीहरु जफत गरी कारवाही गरिने समेत बताउनु भयो । बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठक उप प्रमुख इम्तियाज आलमको कार्यकक्षमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend