logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा नयाँ सिडिओ सागरमणि पाठक


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री
१८ माघ, गुल्मी । गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी प्ुण्यविक्रम पौड्यालको काभ्रेपलान्चोक सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन ।
सोमबार देखि कार्यभार सम्हालेका पाठकले जिल्लाका क्रियाशिल राजनैतिक दल, संघ संस्था लगायतका सरोकार निकायहरुसंग परिचयात्मक कार्यक्रम र प्रशासनलाई दिनु पर्ने सुझाव माग राख्दै आफ्ना जिम्मेवारी प्रति प्रतिबद्धता जनाएका छन् । यहि क्रममा मंगलबार उनले गुल्मीका क्रियाशिल पत्रकारहरुसंग पनि भेटघाट गरेका छन् ।

भेटघाटमा पत्रकारले दिएका स्ुझावहरु मध्ये निर्माण ब्यबसायीहरुले उठाएका अवैध क्रसर उद्योगका बिषयमा आफुले यता आउनु अघि मन्त्राययमै नितिगत रुपमै सुधारका लागि कुरा राखेका थिए । त्यस्तै अपराधका घटनामा पछिल्लो चरण बिशेष गरी एकल महिलाहरु असु्रक्षित भएको प्रति ध्यानाकर्षण गराएका थिए ।

केहि दिन अघि ईस्मामा एउटी एकल महिलाको हत्या लगत्तै हालै म्ुसिकोट नगरपालिकामा पनि अर्की एकल महिलाको हत्या गरिएको तर तीन बित्दा पनि अपराधी पत्ता लगाउन नसकिएको बिषय प्रति पत्रकारहरुले ध्यानकृष्ट गराएका थिए ।

त्यस्तै गुल्मीमा बलात्कार र आत्मा हत्याका घटना बढ्दै गएको प्रति गराएको ध्यानाकर्षण गराएका थिए । पत्रकारले उठाएका विषयमा आफनो ध्यानाकर्षण हुने बताए । उनले बजार अन्ुगमन कर्मकाण्डी हुन नदिने तर्फ आफुले कदम चाल्ने बताए ।

यस अघिका प्रजिअ पुण्य विक्रम पौड्यालको कार्यकाल सेवाग्राहीका लागि प्रशनिय रहेको थियो । उनी नेपाल सरकारबाट उत्कृष्ट प्रशासकका रुपमा पु्रस्कृत पनि भए ।

राष्ट्रिय पञ्जीकरण विभागबाट सरुवा भई आएका पाठक ग्ुल्मीका ४१ औं प्रम्ुख जिल्ला अधिकारी हुन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend