साझा नेटवर्क
अर्जुन खनाल, नयाँ दिल्ली असोज ६ ।
दिल्लीमा कार्यरत प्रभु मनि ट्रान्स्फ़रले सब-एजेन्ट रुपमा न्यु मोर्डन ईरा टुर एण्ड ट्रावल्स बरफ खाना शाखालाई दिएको छ । दिल्ली बाग्लुंग बस संचालनको उद्द्घाटनको अवसर पारेर उक्त कार्यको थालनी गरिएको हो ।

भारतबाट नेपाल जाने क्रममा चोरी र लुटपाटका कार्य बढेपछी पैसा बोकेर जोखिम मोल्नु भन्दा प्रभुबाट तुरुन्तै पैसा पाठाउन सकिने र आफ्नै देशमा रेमिट्यान्स जाने हुदा एवंम बिगत एक वर्ष देखि आफ्नो नेटवर्क बिस्तार गर्ने क्रममा मोर्डन ईरालाई उक्त कार्य दिएको प्रभु बैंकका भारत प्रतिनिधि सुनिल मिश्र बताउछन । उनि थप्छन ‘नेपल जादा कुनै रिक्स पनि उठाउनु नपर्ने र नेपलको जुन कुनै प्रभु मनि ट्रान्सफ़र या प्रभु बैकबाट तुरुन्तै भुक्तानी लिन सकिन्छ ।
नेपालबाट भारतमा फोन गर्दा धेरै लाग्ने हुदा अब भारतमा बसेरपनि नेपालका जुन कुनै फोनहरुमा पैसा रिचार्ज गरिदिने सुबिधा पनि दिएको मोर्डन ईराका प्रतिनिधिहरु बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend