logo
  • शनिबार, असोज १० २०८३

मालिका नमूना माविको १२ कोठे भवन बन्दै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

टोपलाल अर्याल
गुल्मी, १५ माघ

पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले आफुहरु गाउँमा घुम्दा र डुल्दाडुल्दै घरहरु खाली भएको बताए छन् । उनले मदनभण्डारी राजमार्गससहितका दर्जनौ सडक, करोडौका खानेपानी आयोजना, बिद्युत, विद्यालय र स्वास्थ्यका पुर्वाधारहरु गाउँ–गाउँमा निर्माण भइरहेपनि घरहरु खाली हुँदै जाने बिडम्बना रहेको बताए । ‘बर्षेनी सयौ परिवार शहर झरेपछि विकास कसलाई गर्ने ।

अरबौको खर्च गरेका पुर्वाधारको दिर्घकालिन उपयोगमा शंका हुन थाल्यो,’उनले भने,‘विकास गाउँ पसे नागरिक शहर । मालिका गाउँपालिका ८ को मालिका नमुना माविको १२ कोठे भवनको शिलन्यास गर्दै बिष्टले देशको आर्थिक अवस्थाको कारण कम पैसाले धेरै उपलब्धि हासिल गर्नुपर्ने अबस्था रहेको बताए । राज्यले लगानी गर्नुपर्ने बिषय धेरै र आर्थिक अवस्था दैनिक कम्जोर बन्दै गएकाले उपलब्धिपूर्ण विकासका योजना संचालनमा बिष्टले जोड दिए ।

निर्माण व्यावसायीले २ बर्षका योजनालाई बर्षौ अल्झाएर जनतामा निराश फैलाउने काम गरेका बताउँदै मालिका माविको बिद्यालय भवन समयमै गुणस्तरिय काम गर्न निर्माण व्यावसायीलाई आग्रह गरे । त्यस्तै बिष्टले स्वदेश र बिदेशमा प्रतिस्प्रर्धा गर्ने खालको शिक्षाको आवश्यक रहेको बताए ।

गुणस्तरीय शिक्षा नभएको कारण कैयौ नेपाली जनशक्तिले जोखिमपूर्ण श्रममा परदेशमा पसिना बगाउने आवस्था रहेकाले शिक्षामा लगानी बढाएर भौतिक पुर्वाधारसंगै गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । निर्वाचन क्षणिक अभियान भएकाले बिकासमा साझा ढंगले लाग्नुपर्ने बिष्टले बताए । मालिका नमुना माविको भवन श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण गर्दैछ । यो बर्ष भवनको लागि एक करोड बिनियोजन भएको बिद्यालयका प्रध्यानाध्यापक हेमराज पौडेलले बताए । यो आर्थिक बर्षभित्र निर्माण कम्पनीले तोकिको काम गर्नुपर्ने सम्झौता छ ।

अहिले बिद्यालयमा साढे ६ सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । बिद्यालय व्यावस्थापन समिति अध्यक्ष कमला अर्यालले भौतिक पुर्वाधार, ब्यास्थापन र शैक्षिक गुणस्तर गरेर तीन बिषयमा आफुहरुले काम गर्नुपर्ने बताइन् । मनुना माविको काममा तीनै तहका सरकार र स्थानीयहरुको समन्वय र सहयोग आवश्यक भएकाले बिद्यालयको समृद्धिको लागि जुट्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend