logo
  • शनिबार, असोज १० २०८३

चोर समात्नेलाई गाउँपालिकाले १० हजार पुरस्कार दिने घोषणा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,प्युठान माघ ११ ।

 गौमुखी गाउँपालिका प्यूठानले चोरी गर्ने व्यक्ति पहिचान गर्ने व्यक्तिलाई रु १० हजार पुरस्कार दिने निर्णय गरेको छ । बुधबार गाउँपालिकाले सूचना जारी गर्दै चोरी गरेका, गर्दै गरेका वा योजना बनाइरहेका व्यक्तिहरुको सूचना दिनेलाई नगद पुरस्कार दिने भएको हो ।
गाउँपालिकाले घुमन्ते व्यपारीहरु, कपाल किन्ने, सिरक डसना बनाउने, कपडा, भांडाकुडाँ, जडिबुटी बेच्ने लगायतका कारोबार गर्ने ब्यक्तिलाई गौमुखी गांउपालिकाको अर्को सूचना नहुञ्जेलसम्म गाउँपालिकाको सीमा भित्र प्रवेश निषेध गरेको सूचनामा उल्लेख छ ।

समाजमा शान्ति, सुरक्षा र अमनचयन कायन गर्न सहजिकरणका लागी गांउँपालिकाका बिभिन्न बजार तथा गांउटोलमा भएका विभिन्न सामाजिक संघसंस्था, समुहहरुलाई नागरिकस्तर बाट आवश्यक सहयोग गर्न समेत विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend