logo
  • शुक्रबार, असोज ९ २०८३

यातायात अवरुद्धले हेलिकप्टरबाट विरामी अस्पताल लैजान बाध्य


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

केदार शर्मा, पर्वत असोज ६।
पर्वत जिल्लाको सदरमुकाम कुश्माबाट पाङग्राङ, कर्नास, बाच्छा, रानिपानी हुदै सेतिबेणी चल्ने सडक अबरुद भएपछि बिरामिलाई हेलिकप्टर चाटर गरेर काठमाण्डौ लगिएको छ ।

पहिरोले बाटो अबरुद्ध भएपछि छिमेकि जिल्ला बागलुङ छिस्ती ३ रिठावटका टिकानिधी पाध्यालाई बुधबार दिउसो १ः३० बजे श्री एरलाईनसको बिमानले पर्बतको कर्नासबाट काठमाण्डौको ग्राण्डी अस्पतालमा लग्नु परेको स्थानिय राधा कृष्ण पाठकले जानकारी दिए ।

पाध्यालाई मंगलबार देखि स्वास प्रस्वासमा समस्या आएको साथै शरिरमा एक्कासि गभ्रि खालको रोग देखापरेपछि पर्वतको कर्नासमा हेलिकप्टर चाटर गरि काठमाण्डौ लगिएको पाध्याका छोरा कौरब पौड्यालले जानकारि दिए । बागलुङ जिल्लनाको दक्षिण भेगका गाबिस जैदि र छिस्तीका मानिसहरु बाच्छा कर्नास पाङराङ हुदैँ पर्वत सदरमुकाम कुश्माबाट देशका बिभिन्न ठाँउमा जाने गरेका छन ।

गत असार र साउनको वर्षातले अबरुद्ध भएका पर्वतका आधा दर्जन भन्दा बढि सडकहरु अहिलेसम्म सुचारु नहुँदा आवतजावतमा समस्या परेको छ । सडक अवरुद्ध हुदाँ जिल्लाको श्रिकाङ, पाङराङ, कर्नास तथा बाच्छाममा अहिले दैनिक उपभोग्य सामानको मूल्य बृदि भएको स्थानियको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend