साझा नेटवर्क
बासुदेव गिरि,प्युठान माघ ९।
प्युठानको झिमरुक गाउँपालिका ५ ओखरकोट ढाड बजारमा सोमबार साँझ पौने सात बजे एक घरमा चोरी भएको छ । ढाडाबजारमा बस्दै आएका पदम खड्काको घरबाट तीन लाख नगद सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताए । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।
घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिएका छन् ।
प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका,झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend