साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी माघ ७ ।
नवलपरासीमा बस दुर्घटना हुदाँ ४५ जना घाईते भएका छन । शनिवार पाल्हिनन्दन गाउँपालिका वडा नं.१ रमपुरवा स्थित भित्री सडक खण्डमा त्रिबेणीधाम माघेऔंशीको मेला भर्न पुगेका श्रद्धालुभक्तजनहरु फर्कने क्रममा यु.पी.१६ एफ टी ७४६६ नम्बरको भारतीय बस अनियन्त्रित हुदाँ दुर्घटना भएको हो ।
बसमा सवार ६५ जना मध्ये ४५ जना घाईते भएका श्रद्धालुहरु घाईते भई उपचारको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइतेमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको अन्य सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend