logo
  • शनिबार, असोज १० २०८३

नवलपरासीमा ६३ लाख बढीको चिनी बरामद


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सहबान अन्सारी, नवलपरासी पौष ३० ।
नवलपरासीमा ६३लाख ११ हजार २ सय ५० मल्य बराबरको अबैध चिनी प्रहरीले नियन्त्रण लिएको छ । शुक्रवार रामग्राम नगरपालिका वार्ड नं ८ लोसहडा स्थित धर्मेन्द्र यादवको पाल्हि एग्रो फार्म प्रालि (कुखुरा फर्म) मा ठूलो परिमाणमा अबैध चिनी लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटवलबाट राजश्व अनुसन्धान अधिकृत, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) बाट प्रहरी निरीक्षक र शशस्त्र प्रहरी बल २६ नम्बर गण नवलपरासी बाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त एग्रो फार्ममा छापा मारी १६८३ बोरा (८४१.५ क्वीन्टल) चिनी बरामद गरि आबस्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend