साझा नेटवर्क
कुमार अविरल, असोज २० ।
लोक तथा दोहोरी गायक पोषण डागी लोक गीतिसंग्रह लाली बनि फक्र लिएर बाजारमा आएका छन । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा रमेश सिंहको उक्त गित युट्युब मार्फत सार्वजनिक भएको हो ।
पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई विशेष प्राथमिकतामा राखेर गितहरु तयार हुने क्रम बढिरहेको छ । अझ भन्नुपर्दा नेपाली बजारमा एल्वम त बिक्नै छोडेको पनि निकै समय भइसक्यो । यति सम्म भयो कि भिडियो नबनाए सम्म गित मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा नेपाली कलाकारहरुले आफ्नो दैनिकी गुजारी रहेका छन ।
नेपाली सङ्गीत बजार ओरालो लागेतापनि नया कलाकार भित्रिने र कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवम माग अनुसारका गितहरु बजारमा पस्किने क्रम भने तीव्र गतिमा चलिरहेको छ । भर्खरै मात्र सार्वजनिक गरिएको “लाली बनि फक्र” बोलको गीतमा पोषण डाँगी र पूर्णकला बिसीले स्वर दिएका छन ।
बुबा खड्क बहादुर डागी र आमा जानकी डागीको कोखबाट बि.स. २०४७साल बैशाख १२ गते जन्मिएका गायक डागी सानै उमेरदेखि गित संगीतमा झुकाब रहेको बताउछन । स्कुल पढ्दा देखि तथा क्याम्पसमा अध्ययन गर्दा विभिन्न साङ्गीतिक कार्यक्रमहरु भाग लिएर प्रथम स्थान समेत हासिल गरेको बताउने डागिले पछिल्लो समय आधा दर्जन भन्दा बढी लोक तथा आधुनिक गीतमा स्वर दिइसकेका छन ।
डागी भन्छन मलाई दाइ मदन डागीको विशेष सहयोग र घर परिवारबाट पनि पूर्ण साथ रहेको बताए । गायक डागी नेपाल प्रहरीमा कार्यरत छन, इच्छा र चाहना भएमा कुनै पनि काम गर्न अप्ठ्यारो नहुने उनको भनाई छ । नेपाल प्रहरीको जागिरे भएतापनि उनि गित सङ्गीतको लागि समय मिलाई कलाकारिता क्षेत्रमा आबद्ध रहेको कुरा बताए ।
यतिबेला बजारमा सबत्र चर्चा बटुल्न सफल गित “लाली बनी फक्र”मा चर्चित मोडल सुरज रावलको शब्द र गायक डागीको लय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा मोडल सुरज रावल,दिपासा बि.सि र रमेस सिङको अभिनय रहेको छ ।
भिडियोलाई मुकेस हुमाइगाइले छायाँकन तथा मिलन बि.क.ले सम्पादन गरेका हुन । लाली बनि फक्र बोलको गितलाई वसन्त फिल्मस प्रालीले बजार व्यवस्थापन गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend