logo
  • शनिबार, असोज १० २०८३

गौमुखी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जोगिन्द्र मल्ल, प्युठान पौष २७।
गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहजीकरणमा आ व २०७९/०८० को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता संगै भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष महाविर रानाले राख्नु भएको थियो । भने सार्बजनिक सुनुवाइको प्रतिबेदन प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्तीले प्रस्तुत गर्नु भएको थियो।
सो सार्बजनिक सुनुवाइमा सेवा प्रदायक र सेवाग्राही बिच सुशासन, पार्दर्शी, जबाफ देहिता र गुनासो विषयमा जोड दिएको थियो । सहभागीहरुले सेवाग्राहीहरुले पाउन पर्ने सेवा सुबिधा छिटो छरितो समयमा हुनुपर्ने पालिकाले गुणस्तरीय कार्य गर्न अनुरोध गरेका थिए ।

सो कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, ज्ञामुराम न्यौपाने, रमेश राना, टुक बहादुर केसि, मधुराम केसि र नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष महाविर राना र गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले गाउँपालिकाको समग्र विकासका लागि अभिप्रेरित भइ सल्लाह सुझाव दिनु भएकोमा गाउँपालिकाले आगामी दिनमा मनन गर्दै सुझाव र प्रश्नको जवाफ दिदै सहजीकरण गर्ने निकाय नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानलाई धन्यवाद दिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend