logo
  • शनिबार, असोज १० २०८३

सिद्धार्थनगर नगरपालिकाको सामाजिक संजालमा चर्को बिरोध


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

ज्ञानेश्वर उपाध्याय, मर्चवार पुष २१।
पछिल्लो पटक काठमाडौ उपमहानगरपालिकाका मेयर बालेन्द्र शाहले शहर व्यवस्थापन गराउन लाग्दा अनाधिकृत रुपमा बनाइएको संरचनाहरुलाई भत्काउन लाएको हेरेर रुपन्देहीको सिद्धार्थनगरनगरपालिकाको गाडीमा गोरुलाई गाडी पछाडि डोरीले बाधेर लतार्दै गरेको दृश्य अहिले सामाजिक संजालमा भाइरल भएको छ।

व्यवस्थापनको नाममा गोरुलाई नगरपालिकाको गाडि पछाडि डोरीले बाधेर घसार्दै गरेको साथै सिद्धार्थनगर नगरपालिकाको गल्लामण्डी देखि डण्डापारीसम्मको बिद्दुतपोलमा लगाइएको जय श्रीरामको झण्डा निकाल्न लाएको भनि देखिएको छ। यस्तो कार्यले हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थाको मानमर्दन गर्ने कार्य कस्को निर्देशनमा भएको भन्दै केहि युवाहरुले सिद्धार्थनगरनगरपालिको गेट अगाडि नारावाजी गरेको भनि सामाजिक संजालमा पाइएको छ।

सिद्धार्थनगर नगरपालिकाको नगरप्रहरी र कर्मचारीहरुले सडकको पेटिमा गरिखाने गरिवहरुको ठेलामा राखिएको तरकारी , मकै जस्ता अन्य सामग्रीहरु समेत लिएर जाने गर्दा स्थानीय गरिबी रेखामुनि रहेका अति बिपन्न व्यक्तिहरु अहिले मार्कामा परेका छन के यही हो त्।

उचित व्यवस्थापन ?? के त्यस्ता व्यक्तिहरुलाई श्रीलंका पठाउने त व्यापार गर्न ?? के गाई/ गोरु व्यवस्थापनको नाममा यस्तो हिँसात्मक तरिकाले गोरुको जान लिन पाइन्छ त ?? यस्ता प्रश्न नगरपालिकाको प्रमुख इस्तियाक अहमद खानलाई बिभिन्न समाजिक संजालबाट चारैतिर चर्को आलोजना भैरहेको छ।

साथै यदी यो कार्य रोकिएन भने बिभिन्न किसिमको आन्दोलन गर्ने चेतावनी पनि दिइएको भनि देखिएको छ, बाकी खबर आउन बाकि…….

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend