logo
  • शनिबार, असोज १० २०८३

कपिलवस्तु पश्चिम खसी तस्करीकाे हब बन्याे


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

रंजित चौरसिया, कपिलवस्तु पुस २१।
कपिलवस्तुमा बर्षाैंदेखि कृष्णनगर भन्सार नाकाबाट खसी पैठारी नभएपनि विजयनगर गाउंपालिका हुँदै व्यापक खसी तस्करी भईरहेकाे छ ।
भारतबाट तस्करी भई आउने खसी बाख्रा विजयनगर गाउंपालिकाकाे भारतसंग जाेडिएका बाटाे ठुलाेमात्रमा हुँदै नेपाल भित्रिदै गरेकाे स्राेतले जनाएकाे छ । भन्सार नाकाबाट पैठारी नभएपछि कृष्णनगर भन्सार कार्यालयकाे लक्ष्यसमेत घट्दै गएकाे छ।

विजयनगर गाउंपालिकाकाे डालपुर , नाैरंगिया, कठुवा लगायतका क्षेत्र भारतकाे बलरामपुर जिल्लासंग जाेडिएका छन । तस्करहरुले सुरक्षा तन्त्रलाई झुक्याई खुद्रा रुपमा खसी डालपुर मै संकलन गर्ने र पुन : डाेर्याएर सुन्दरीडाडामा ट्रकमा लाेड भई शिवराज नगरपालिकाकाे खसी बजारसम्म पुर्याउने गरेका छन । केहीदिन पहिला गाउंपालिका कै वडाध्यक्षहरुले स्थानीय उत्पाद भनी तस्करीका खसीहरु निकासीकाे सिफारिस समेत गरेका थिए जुन अहिलेपनि निरन्तर रहेकाे छ ।

तस्करहरुले फर्जी बिक्रि केन्द्र दर्ता गराइ त्यसैकाे पान बिल मै लाखाैंलाखकाे पशुजन्य बस्तु बिक्रि वितरण गरिरहेका छन । कृष्णनगरमा रहेकाे पशुक्वारेनटाइन जांचकेन्द्र बर्षाेंदेखि खुलेकै छैन तर पनि दैनिक ट्रकैट्रक खसी महेन्द्र राजमार्ग हुदै ओसारपसार हुन्छन । खसी बाख्रा ओसारपसारमा पशु शाखा र भेटेनरी डाक्टरसमेतले स्थानीय उत्पाद हाे भनी प्रमाणित गरि पठाउदै आएकाे तथ्य भेटिएको छ ।

गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले केहीदिन पहिला ट्रकसहित खसी सुन्दरी डांडामा नियन्त्रणमा लिएकाे थियाे तर तस्करहरुकाे उच्च मनाेबलले गर्दा प्रहरी र भन्सारका कर्मचारीसमेत निरीह भई फर्क्नुपरेकाे भन्सारका एक कर्मचारीले बताएका छन । त्याे घटनाभन्दा पहिला कृष्णनगर भन्सार कार्यालयकाे टाेलीले नै ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे थियाे ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend