साझा नेटवर्क
गुल्मी, पुस १८।
शुुभलक्ष्मी क्लिनिक तथा नेशनल प्याथ ल्याब गुल्मीले बार्षिक समिक्षा तथा अन्तरक्रिया गरेको छ । पाल्पाको भैरवस्थान स्थित समृद्धि रिर्सोटमा आयोजित कार्यक्रममा समुद्घाटन औषधी व्यवसायी संघ लुम्बिनी सल्लाहकार परिषद् सदस्य शेरबहादुर थापाले गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै शुभलक्ष्मी क्लिनीक र नेशनल प्याथ ल्याब तम्घासले स्थापना भएको छोटो समयमै नागरिकको बिचमा गुणस्तरिय स्वास्थ्य सेवा प्रबाह र सामाजिक एवं सृजनात्कम काममा खेलेको भुमिकाको प्रसंसा गरे ।
विशेष अतिथि नेपाल औषधी संघ गुल्मीका अध्यक्ष फर्शुराम पाण्डेले पनि शुभलक्ष्मी क्लिनीक र होम पल्लीको रचनात्मक कामको प्रसंसा गरे । साथै कार्यक्रममा बोल्ने अधिकांश वक्ताले थप सफलताको शुभकामना दिएका थिए । क्लिनीकका प्रबन्धक होम बहादुर पल्लीले बार्षिक कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोहि अवसरमा शुभलक्ष्मी क्लिनिकले बार्षिक उत्कृष्ट कार्य सम्पादन गर्ने दुई कर्मचारी करिश्मा सुनार र भावना श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै शुभलक्ष्मी क्लिनिकले जिल्लामा क्रियाशिल संचार माध्यमहरुलाई पनि सम्मान गरेको छ । संस्थागत रुपमा रेडियो समृद्धि रेडियोका स्टेशन म्यानेजर टोपलाल अर्याल, रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर अनिता खत्री र बि टेलिभिजनका प्रतिनिधि सूर्य सुनारलाई सम्मान गरेको हो ।
साथै क्लिनीकलाई अनलाइन तथा भौतिक उपस्थितीमा सहयोग गर्ने बिशेषज्ञदेखि मेडिकल अधिकृत, बैक तथा बित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधीलाई समेत सम्मान गरेको थियो । शुभलक्ष्मी क्लिनिक प्रबन्धक पल्लीले सवै क्षेत्रको सहयोग र सेवाप्रति नागरिकको सन्तुष्टिकै कार(ा एक दशकमा सानो सटरको मेडिकल आज आम नागरिकका बिचमा पुग्न सकेको बताए । कार्यक्रमको अवसरमा पल्लीले सहयोग गर्ने सवै संघसंस्था र व्यक्तिप्रति आभार प्रकट गरे ।
क्लिनीकले बिपन्न व्यक्तिहरुलाई निशुल्क तथा सहुलियतमा उपचार, कोभिडका बेला आइसोलेसन निर्माणमा सहयोग, गुल्मी अस्पतालमा कोभिड परिक्षण कक्ष स्थापना, संचार संस्था, संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण र जिल्ला स्तरिय खेलकुद, सास्कृतिक लगायतका सामाजिक कामहरुमा सहयोग गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend