साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी पौष १७ ।
पशुपति निम्न माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मीले अभिभावक भेला सम्पन्न गरेको छ । यहि पौष ११ र १२ गते विद्यालयको ऐतिहासिक ६६औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको र आज विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, अभिभावक तथा विद्यार्थीको उपस्थितिमा उक्त कार्यक्रमको आम्दानी-खर्च अनुमोदन गरिएको छ ।
अभिभावक भेलामा बोल्दै विधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले विद्यालयको ६६औँ वार्षिकोत्सव समारोहमा स्वदेश तथा बिदेशमा रहेर आर्थिक, नैतिक तथा भौतिक सहयोग उपलब्ध गराउने सम्पुर्ण सहयोगीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सोम बहादुर पेमिले प्रस्तुत गर्नुभएको आय-ब्यय प्रतिवेदन अभिभावक भेलाले अनुमोदन सहित पारित गरेको छ ।
अभिभावक भेलाबाट विद्यालयका सम्पुर्ण क्रियाकलाप तथा बिद्यार्थीको सिकाई उपलब्धि सहित विद्यालयका विभिन्न क्रियाकलापलाई ब्यवस्थित रुपमा संरक्षण गर्नको लागि विद्यालयमा सफ्टवेयर जडान गरि स्मार्ट स्कुल कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको छ ।
अभिभावक भेलामा विद्यालयका पुर्व प्रधानाध्यापक तथा विद्यालयलाई आजको अवस्थामा ल्याउनको लागि अहोरात्र खट्नुहुने समाजसेवी हरि प्रसाद छन्तेलले स्थानिय स्तरमा विद्यालयमा कम्प्युटर शिक्षाको अवधारणा ल्याउने संभवत पशुपति निमावि नै पहिलो विद्यालय भएको र सफ्टवेयर मार्फत अनलाइन सिस्टममा जाने पनि पहिलो विद्यालय हुने स्पष्ट पार्नुभयो ।
सफ्टवेयर चलाउन अभिभावकलाई सहज होस भन्ने उद्देश्यले अभिभावकलाई पनि कम्प्युटर शिक्षा तालिम सन्चालन गर्ने योजना रहेको र सकेसम्म अभिभावकलाई कम भार पर्ने विकल्पको खोजिमा आफुहरु जुटेको उहाँले स्पष्ट पार्नुभयो ।
भेलामा कम्प्युटर प्रशिक्षक दधिराम बनले सफ्टवेयर जडान र यसको उपयोगिता वारे अभिभावकलाई मन्तव्य मार्फत जानकारी दिनुभएको थियो । विद्यालयले सफ्टवेयर जडान गर्ने योजना प्रस्तुत हुँदै गर्दा अभिभावकहरुले ताली बजाएर सनर्थन जनाएका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष थम्मन बहादुर गाहा मगरको अध्यक्षता रहेको अभिभावक भेला सहायक प्रधानाध्यापक सोम बहादुर पेमि मगरको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend