साझा नेटवर्क
कमल पौडेल, बागलुङ पौष १० ।
गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले अव राज्यले गुणस्तरीय शिक्षामा ध्यान नदिने हो भने देश ध्वस्त हुने बताउनु भएको छ। आइतवार त्रिभुवन नमुना मावि बडिगाड गाउँपालिका २, खर्वाङको ६३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश सांसद शेरचनले शिक्षा नै समाज परिवर्तनको संवाहक भएको भन्दै शिक्षा सहि हुनुपर्ने बताउनु भएको छ।
संसारका विभिन्न देशको उदाहरण दिँदै जहाँ शिक्षकलाई सम्मान गरिन्छ त्यहाँ शिक्षा राम्रो भएको र देशको पनि विकास भएको बताउनु भयो। देशको विकासको लागि कृषि पर्यटनमा जोडदिनुपर्ने, मेघा विद्यालयहरु चलाउनुपर्ने, शिक्षा तथा स्वास्थ्यको नितिमा आमुल परिवर्तन गर्नुपर्ने भन्दै आफू त्यसको प्रयत्नमा इमान्दारीपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले त्रिभुवन नमुना मावि गाउँपालिकाकै गौरभ भएको भन्दै शिक्षा क्षेत्रमा लगानी गर्न गाउँपालिका अग्रसर रहेको बताउनु भएको छ। त्यस्तै गाउँपालिका उपाध्यक्ष भिमसेन बनले अवको शिक्षा व्यवसायीक हुनुपर्नेै भन्दै कृषि क्याम्पस स्थापनाको लागि प्रयत्न भैरहेको बताउनु भयो।
कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, शिक्षा अधिकृत पुर्ण बहादुर घर्ति लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले शैक्षिक, आर्थिक तथा प्रगति प्रतिवदेन पेश गर्नुभएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रमका अवसरमा उत्कृष्ट शिक्षकको रुपमा बद्रिनाथ घिमिरेलाई तथा कक्षा कोठामा बढि समय विताउने शिक्षकको रुपमा पवित्रा थापा, मिना बन, यमुना घर्ति, प्रताप पौडेल, बद्रिनाथ घिमिरे, चिरन घर्ति, शिव पोखरेल, चमेला अर्याल र तुल बहादुर रानालाई जनहि ५÷५ हजार नगद पुरस्कार सहित दोसल्लाले सम्मान गरिएको थियो। त्यस्तै कक्षा १२ को परीक्षामा बालिविज्ञान विषय तर्फ ३.८ जिपिए सहित प्रथम हुने तेजश्वी भण्डारी, ३.६४ जिपिए सहित द्धितिय हुने समिर पौडेल र ३.२७ जिपिए सहित साधारण धारमा प्रथम हुने सोनिया भुसाललाई सम्मान गरिएको थियो।
विद्यालयका पूर्व शिक्षकहरु सन्तोष अर्याल, रामहरि गैरे, कमल न्यौपाने, केहरसिंह रानालाई सम्मान सहित विदाइ गरिएको थियो। त्यस्तै कार्यक्रममा निर्वाचित उपस्थित सवै जनप्रतिनिधिहरुलाई सम्मानपत्र, दोसल्ला र मायाको चिनो सहित सम्मान गरिएको थियो। त्यस्तै अतिथीहरुलाई पनि सम्मान गरिएको थियो।
४ दिन सम्म चलेको कार्यक्रम आइतवार औपचारिक कार्यक्रम सहित समापन भएको हो। वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको प्रतियोगितात्मक ८० भन्दा वढि इभेन्टहरु समावेश गरिएको र ४ सय वढि विद्यार्थी पुरस्कृत भएको विद्यालयले जनाएको छ । बागलुङमै अब्बल विद्यालयको रुपमा स्थापित हुँदै गएको त्रिभुवन नमुना माविमा १२ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend