साझा नेटवर्क
Exif_JPEG_420

अनिल खत्री, गुल्मी असोज ४ ।
गुल्मीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ स्थित कमेरेपानी भन्ने स्थानमा वा १४ प ६१५३ नम्बरको निजि कार दुर्घटनाहुदा कार चालक रुपन्देही जिल्ला सिदार्थ नगरपालिका देवकोटा चोक घर भएका वर्ष ४० का अशोक भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
बुटवलबाट तम्घासहुँदै अर्घाखाँचीको ढिकुरा जानेक्रममा मंगलवार दिउसो दुर्घटना भएको थियो । कार दुर्घटना परि घाइते भुसालको उपचारको क्रममा तम्घास स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारमा सवार अर्घाखाँची भगवती–४ निवासी युवराज पाण्डे घाइते भएका छन् उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको कार सडकबाट करिव ५० मिटर तल खसेको छ । कारमा ३ जना सवार थिए भने १ जना सकुसल रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend