logo
  • शनिबार, असोज १० २०८३

क्यूआरटी टोली प्रमुख कार्किले मचाए पर्साको सीमा नाकाहरूमा चन्दा आतंक


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 रंजित चौरसिया, पर्सा १ पौष । जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोली प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीले जिल्लामा चान्दा आतंक मचाएका छन । स-साना खुदरा ब्यपारीका साथसाथै ठुला बडा तस्करहरू सँग समेत लाखौ मासिक नजराना बुझे पश्चात् प्रहरी हवलदार कार्कीको विषयमा उजागर भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट क्यू.आर.टी टोलिको नाममा एक प्रहरी संगठन खडा गरेको र कुनै किसिमको अपराधिक क्रियाकलापका साथसाथै अबैध क्रियाकलापको विषयमा खबर आउनसाथ तुरून्तै घटना स्थलमा पुग्ने गरेको भनिएपनी आफ्नो वर्दीको आडमा प्रहरी हवलदार कार्कीले कमाइ खाने भाडो बनाएका छन ।

बिरगंजको भंसार, इनर्वा,नगवा,ईनर्वा गाउँ,भकुवा, छपकैया, श्रीसिया, अलौ, लगायत विभिन्न नाकाबाट खुल्याम तस्करी गराउन क्यू आर टी टोलिका प्रमुख कार्कीको अहम भुमिका रहेको बुझिन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो कार्य क्षेत्र भित्र कडा रूपले निगरानी बढाउन क्यू आर टी टोलिका प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्की लाइ जिम्मेवारी दिएपनी आफनै हाकिमको आदेशलाइ खिल्ली उडाउदै कार्कीले कमाइ खाने भाडो बनाएको केही प्रमाणहरू फेला परेको छ ।

प्रहरी हवलदार कार्कीले विभिन्न तस्कर सङ्ग गरि मासिक २० लाख भन्दा बढी रकम उठाउने गरेको श्रोतको दाबी रहेको छ । सीमा नाकाबाट तस्करी गराउन सिपालू रहेका प्रहरी हवलदार सुरेन्द्र कार्कीले आफ्नो वर्दीका साथ साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको समेत धज्जी उडाएको पाइन्छ । तसर्थ : यस्ता गतिविधिलाई बढावा दिने प्रहरी हवलदार सुरेन्द्र कार्की माथी प्रहरी उपरीक्षक बस्नेतको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend