साझा नेटवर्क
कमल पौडेल,बाग्लुङ्ग मंसिर २७ ।
बडिगाड गाउँपालिका वडा नं. ६ ठूलावेसिंमा मंगलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वडा सदस्य समेत रहेका दुर्गाराज पाइजा घाइते हुनुभएको छ।
मुख र निधारमा गहिरो चोट लागेका पाइजाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा प्राथमिक उपचार पछि थप उपचारको लागि पोखरा पठाउन लागेको श्रोतले जानकारी दिएको छ । खार बजारबाट भिमगिठे तर्फ जाँदै गरेको बडिगाड गाउँपालिकाको ध १ ब २८० नम्बरको सेतोप्लेटको मोटरसाइकल रोकिराखेको लु १ त ६७४० नंम्बरको ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको प्रहरी चौकी खारले जनाएको छ ।
मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घाइतेलाई उपचारको लागि पठाएको प्रहरी सहायक निरिक्षक जित बहादुर मुखियाले बताउनु भएको छ । बडिगाड गाउँपालिकामा सवारी चालक अनुमति पत्र विनै जनप्रतिनिधिहरुले सरकारी मोटरसाइकल चलाउने तथा आफन्तहरुलाइ चलाउन दिने गरेको गुनासो सुनिने गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend