साझा नेटवर्क
साझा नेटवर्क, मंसिर १९।
नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन्।
बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका- ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ।
दुर्घटनामा परी सैनिक प्युठ काँशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर शाही, लोटन थारु, देविलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी र जवान धर्मेश कापर घाइते भएका छन्।
दुर्घटनामा घाइते १५ जनामध्ये २ जनाको अवस्था चिन्ताजनक छ। गम्भीर २ जनालाई विराटनगर र १३ जनालाई सैनिक हेलिकोप्टरबाट उद्वार गरी रातिनै काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ। उनीहरुमध्ये चालक रबि तामाङ र नायक दिलबहादुर शाहीलाई विराटनगरमा उपचार गरिँदैछ। रासस।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend