logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका कृषि कार्यालय प्रमुख पाण्डेको निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

chetnarayan-pandeyअनिल खत्री, गुल्मी असोज ४ ।
जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कार्यालय प्रमुख वरिष्ठ कृषि बिकास अधिकृत चेतनारायण पाण्डेयको निधन भएको छ । केहि दिन अघिदेखि सामान्य ज्वरोबाट बिरामी परेका प्रमुख पाण्डेको अन्दाजी ५२ वर्षको उमेरमा उपचारको क्रममा भरतपुर स्थित मेडिकलकलेजमा मंगलवार बिहान निधन भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका प्राबिधिक चेतनारायण पन्थीले जानकारी दिनुभयो ।

पाण्डेलाई सामान्य ज्वरो आएपछी थपको उपचारको लागी वुटवल लगिएको थियो र बुटवलमा पनि उचार सम्भव नभएपछी थप उपचारको लागी भरतपुर स्थित मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा निधन भएको बताइएको छ । अर्घाखाँची केरुङ्गा गाविस वडा नं. ४ जन्मघर रहेका कार्यालय प्रमुख पाण्डे २०७२ साल कार्तिक १ गते हुम्लाबाट सरुवाभई गुल्मी आउनु भएको थियो ।

जिल्ला कृषि बिकास कार्यालय गुल्मीको प्रमुख भई गुल्मी आएपछी प्रमुख पाण्डेले जिल्ला कृषि सम्बन्धी बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आउनु भएको थियो । सरल र भद्रस्वभाव रहेका कार्यालय प्रमुख पाण्डे सबैसंग मिजासिलो तरिकारले बोल्ने स्वभाव रहेको थियो । जिल्लामा कृषि सम्बन्धी थप नयाँ कार्याक्रमहरु संगै रचनात्मक कार्यक्रमहरु ल्याउनु पर्छ भन्ने उहाँको सधै जोड थियो ।

काम गर्न चाहने कृषकहरुलाई सम्मान पुर्वक काम गर्न थप प्रेरणा दिन सिप र क्षमता युक्त सक्षम किसान बनाउन विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु संचालनमा उहाँको सोच थियो । कार्यालय प्रमुख पाण्डेको केरुङ्गा स्थित श्रीमति दुई छोरी र एक छोरा रहेको बताईएको छ ।

पाण्डेलाई मुटुको समस्या थियो । पछि निमोनिया समेत भएको थियो । स्वास्थ्य अवस्था विग्रे पनि पाण्डेले तिन दिन अघि सम्म कार्यालयमा हाँसी–खुशी र फुर्ति साथ काम गर्दै आउनु भएको थियो ।

कार्यालयकै प्राबिधिकको निधन

dadhi-gnawaliजिल्ला कृषि बिकास कार्यालय गुल्मीका प्राबिधिक दधि ज्ञवाली निधन भएको छ । जिल्लाको रिडी गाविसको कार्यक्रमबाट आफनो घर फर्कने क्रममा रिडीमाथी पानीटंकी भन्ने स्थानमा सडकमा अचेत अबस्थामा भेटिएका ज्ञवालीको अन्दाजी ४७ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौमा निधन भएको छ ।

थानपाति गाविस वडानं. ७ घर भएका ज्ञवाली २०४८ सालदेखि गुल्मीमा कृषि प्राबिधिक रुपमा काम गर्दै आउनु भएको थियो । ज्ञवाली असोज २ गते रुरु गाविसको गाउँ परिषदको कार्याक्रममा सहभागीभई फर्किनेक्रममा पानीटंकी भन्ने स्थानमा सडकमा अचेत अबस्थामा भेटिएको र उहाँको मृत्युबारे कारण खुल्न सकेको छैन् । एउटै कार्यालयका कार्यालय प्रमुख र प्राबिधिकको निधनको खबरले जिल्लावासीले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend