साझा नेटवर्क
DCIM100GOPROGOPR1011.JPG
टोपलाल अर्याल,गुल्मी मंसिर ११ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई मुसिकोट नगरपालिकाले सम्मान गरेको छ । मुसिकोट नगरपालिका ३ का कार्की नेपाली सेनाका अधिकृत (क्याम्टेन) हुन । उनले केहि समय अघि नेपाली सेनाकै तर्फबाट सगरमाथा आरोहण गरेर गुल्मीसहित देशको शिर उचो पारेका थिए ।
मुसिकोट नगरपालिकाले गुल्मेली गौरव कार्कीलाई आफ्नो गृहपालिकामा स्वागत तथा सम्मान गरेको मेयर जीवन खरेलले जानकारी दिए । उनले धेरै पहिलेबाटै नगरले सम्मानको योजना बनाएपनि समयका कारण गर्न नसकिएको बताए । खरेलले मुसिकोटको छोरा भएपनि देशकै शिर उचो राख्ने कार्कीको कर्मको प्रसंसा गरे । कलिलो उमेरमा कार्कीले प्राप्त गरेको सफलता र शाहस देखेर चौतर्फी प्रसंसा भइरहेको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend