साझा नेटवर्क
रंजित चौरसिया,वीरगञ्ज मङ्सिर ११ ।
पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई काटामा ७० किलोको लड्डूले जोखी नेता कार्यकर्ता छिपहरमाई गाउंपालिका वडा नं.५ भिस्वामा सम्मान गरिएको छ ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई स्थानीयबासिन्दाले माला लगाएर स्वागत गरेका हुन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गएका उनीहरुलाई धोबनी गाउँपालिका वडा नम्बर ३ को हरीहरपूर बासिन्दाले चानीको मुकुट लगाइदिएका थिए ।
४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार रिजाल, पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आइतबार छिपहरमाई गा.पा.को तुलसी बर्वा, बंजारी,भिस्वा, जयमंगलापुर,झलमहिया,बुढगाही,टिवकी, चरगाहा,भेडिहार्वा, मिर्जापुर,भलुवहिया लगायतको गाउँमा विजय जुलुस निकालिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend