साझा नेटवर्क
गुल्मी, ७ मंसिर ।
गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर ३ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ठुलोलुम्पेकदेखि स्थानीय कुढडाडा जाँदै गरेको लु ३ च ५३४० जिप गएराती दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिपधनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी ४७ वर्षका रन बहादुर सिजापति , २५ वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend