साझा नेटवर्क
नरेश के सी, भैरहवा असोज ४ ।
लुम्बिनी प्रेस क्लबको प्रथम साधरणसभा असोज १२ गते भैरहवामा हुने भएको छ । क्लबका अध्यक्ष माधव ढुंगानाको अध्यक्षतामा बसेको बैठकले साधरणसभामा सहभागी हुने क्रियासील पत्रकारहरुले असोज १२ गते विहान सम्म क्लबको सदस्यता लिइसक्नु पर्ने र सदस्यता लिएका सदस्यहरु मात्र साधरणसभामा सहभागी हुनेगरी तयारी थालेको छ ।
बैठकले सदस्यता वितरणको लागि क्लबका कार्यसमिती सदस्य दिपेश पछाई संयोजक र कमल रायमाझी सह संयोजक रहेको समिती बनाएको छ । पछाई र रायमाझीलाई ब्यानर तथा परिचय पत्र व्यवस्थापनको समेत जिम्मेवारी दिएको छ । यसैगरी बैठकले साधरणसभा मुल व्यवस्थापनको लागि अध्यक्ष माधव ढुंगाना संयोजक र उपाध्यक्ष मनोरन्जन शर्मा सह संयोजक रहेको समिती चयन गरेको छ ।
त्यसैगरी प्रतिवेदन लेखनकोलागी संयोजकमा महासचिव नरेश के.सी , कोष प्रतिवेदनको लागि संयोजकमा कोषाध्यक्ष सम्झना शर्मा र सूचना तथा सन्चारको लागि संयोजकमा शारदा मल्ल एवं निर्वाचन मण्डलमा अधिवक्ता तथा पत्रकार कुलमणी ज्ञवालीलाई संयोजक तोकिएको बैठकपछि महासचिव नरेश के.सी.ले जानकारी दिए ।
यसैगरी बैठकले लेखा परिक्षणको लागि लेखापरिक्षक नियुक्ती , भास्करानन्द माया शर्मा अक्षयकोषद्धारा प्रदान गरिने पत्रकारिता सम्मानको लागि व्यक्ति छनौट सहित अन्य विविध महत्वपुर्ण निर्णयहरु गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend