साझा नेटवर्क
वीरगंज २९ कात्तिक । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीका छोरा नेकपा एमालेमा प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट स्थानीय तहको चुनावमा जित हासिल गरेका विन्दवासिनी गाउँपालिकाका अध्यक्ष तिवारीका छोरा निमेश तिवारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
लोसपाबाट जितेका तिवारीका छोरा बुवाको कामकाज गतिलो नभए पछि छोरा निमेश एमाले प्रवेश गरेको स्थानियहरुले चर्चा गर्न थालेका छन् । पालिकाका सोझासाझा जनतालाई बेवकुफ बनाएर बुवा छोरा अलग–अलग पार्टीमा रहेको देख्दा तिवारीका परिवारलाई कुर्सी सँग मात्र मतलब रहेको गुनासो स्थानीयहरुले गुनासाे गर्न थालेका छन् ।
पालिका अध्यक्ष तिवारी जितेको करिब ६ महिना पुगे पनि पालिकामा एउटा पनि विकास निर्माणको काम अगाडि बढन नसकेकै कारण उनी सँग चुनाव लडेका वडाध्यक्षहरु पनि अन्य–अन्य पार्टी प्रवेश गरिरहेका छन् ।
बुवा प्रमोद तिवारी स्थानिय तहको चुनावको बेला गोप्य रुपमा एमाले सँग साँठगाँठ गरी आफु मात्र निर्वाचित भई वडाध्यक्षका प्रत्यासिहरुलाई हराई शहिद बनाएको आरोप पनि उनि सँगे चुनाव लडेर हारेका वडाध्यक्षहरु बताउन थालेका छन् । हाल विन्दवासिनी गाउँपालिकावासीहरु छोरालाई एमाले र आफै लोसपामा बसेको देख्दा पालिकामा जतिसुकै भ्रष्टाचार गरे पनि उनलाई कसैले केही गर्न नसक्ने मनसायका कारण दुबै पार्टीमा आफ्नो कब्जा जमाउने दाउमा लागेको समाचार स्रोतको दाबी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend