logo
  • शुक्रबार, असोज ९ २०८३

बारा–३ “ख”का स्वतन्त्र उम्मेदवार प्रदिप यादवको फेटा–५ जोतपुरमा घरदैलो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

वीरगंज २५ कात्तिक । बारा निर्वाचन क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र युवा उम्मेदवार प्रदिप प्रसाद यादवले आफ्नो घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । स्वतन्त्र उम्मेदवार यादवले बिहिवार बाराको फेटा गाउँपालिका वडा नं.५ जोतपुर लगायतका टोलहरुमा घरदैलो गर्दै आफनो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्न आग्रह गरेका थिए ।

यादवले २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट जितेका प्रतिनिधिले यस क्षेत्रको विकास गर्नु भन्दा बढी भ्रष्टाचार गर्न र कार्यकर्ता पाल्नमा ध्यान दिएकोले यसपालि आफुलाई जिताउन मतदाताहरु बीच आग्रह गरेका थिए । यादवको घरदैलो अभियानमा स्थानीय मतदाताहरुले यसपालिको निर्वाचनमा जनता प्रेमीको रुपमा चिनिने स्वतन्त्र उम्मेदवारलाई अग्रिम जितको शुभकामना समेत दिएका थिए ।

स्थानीय राजेन्द्र साहका अनुसार हालसम्म पार्टीका नेताहरुले निर्वाचित भएर गएपनि विकास बारे देखाएको सपना सपनामै सिमित हुने गरेको बताए । दिनको दिन रातको रात नबुझि जनताको सेवामा खटिदै आएका युवा स्वतन्त्र नेता यादवलाई यसपालिको निर्वाचनमा निर्वाचित गराउने उनले बताए । यता जनताको अगाडी बसेर जनता माझ लोकप्रिय बन्न सफल हुनु भएका स्वतन्त्र उम्मेदवार यादवको समर्थनमा दिनदिनै लर्को बढ्न थालिएको छ । घरदैलो कार्यक्रममा यादवले आफुलाई लालटेन छापमा मत हालेर भारी बहुमतले विजयी बनाउन मतदाताहरु संग आग्रह गर्दै पर्चा, पम्पलेट तथा ब्यालेट पेपरको नमुना समेत बाँडेका थिए । घरदैलोमा वीरगंज देखि भारतको दिल्लीसम्म पैदल यात्रा गरेको युवा शेख मुन्ना, स्थानिय समाजसेवी, बुद्धिजिवि, महिला लगायत सयौंको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend