logo
  • शुक्रबार, असोज ९ २०८३

म सधै भुइँ मान्छेको साथी हुँ, विदेशीसंग हात मिलाउदै हिड्ने जनता नहेर्ने गर्दिन : नेता भण्डारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

भुवन भुसाल, बुटवल कार्तिक २४ ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आफू सधै भुइँ मान्छेको साथी बन्न चाहेको बताएका छन । बुटवलमा आयोजित एक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन ।
गुल्मी क्षेत्र न १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका डा. चन्द्र भण्डारीले आफू परदेशका नेता संग हात मिलाउदै हिड्ने नेता नभई ग्रामिण भेगका आम नागरिकका समस्या बुझ्दै समाधानका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो पालामा डहरे लगायतका खोलामा पुलको प्रक्रिया अगाडि बढाएको तर गत सरकारले काम रोकेर जनताको दुखमा तमासा हेरेको बताउदै अब आफू निर्वाचित भएपछी डहरे लगायत बाँकी रहेका स्थानमा पुल निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नै कार्यकालमा गुल्मीका विभिन्न स्थानमा पुल, दौघा, हर्दिनेटा, सिमिचौर, बलेटक्सार लगायतका स्थानमा लिफ्ट मार्फत खानेपानी ल्याएको समेत बताउदै आफू मीठो भाषणमा भन्दा काममा बिष्वास गर्ने नेता भएको दाबी समेत गरे ।

आफुलाई २०७० सालमा गुल्मेली जनताले दिएको संविधान लेख्ने जिम्मा सफलताको साथमा पूरा गरेको स्मरण गर्दै डा. भण्डारीले बिकासका अनेकौं काम समेत आफ्नै कार्यकालमा सुरुवात गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend