साझा नेटवर्क
बिमल खड्का, बागलुङ असोज ३।
बाग्लुङ जिल्लाकोे पश्चिम बोगादोभान गाउबिकास समिति वडा नम्बर ४ रिक्लाङ स्थित घरमा २०० मिटर माथिबाट खसेको दुङगाले एकै घरका ४ जनाको घटना स्थलमा मृत्यु भएको छ ।
मुत्यु हुनेमा आमा ३८ बर्षया भिम कुमारी रोका १४ बर्षया छोरी ईन्द्रकुमारी रोका १२ बर्षका छोरा इन्द्रजित रोका र ९ बर्षकी छोरी माया देबी रोकाको घटना स्थलमै मृत्यु भएको छ । बिहान करिब ४ बजे घरमै सुतिरहेको बेला अक्समात २०० मिटर माथीबाट खसेको दुंगाले घर भत्काउदा एकै परिबारको ४ जनाको मुत्यु भएको र ३० वटा कुखुरा समेत नस्ट भएको प्रहरी नायव निरीक्षक अनिल कुमार खड्काले बताउनु भयो ।
मृतकको पोस्माटमका लागी बुर्तिबाङ स्बास्थ्य चौकीमा ल्याउने तयारी रहेका घटना स्थलमा रहेका ईलाका प्रहरी कार्यालयका प्रमुख शिबराज क्षेत्रीले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend