logo
  • शनिबार, असोज १० २०८३

गुल्मी प्रशासन कार्यालयमा रात्री कालीन सेवा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी कात्तिक ३ ।
सामान्यतया कार्यालय समय बिहान १० बजे देखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरिएको छ । सेवाग्राहीको चापका कारण जिल्ला प्रशासन कार्यालय गुल्मीले रातीसम्मै सेवा दिई रहेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता बेलुकी ७, ८ बजेसम्म सेवाग्राहीको भने लाइन हुने गर्दछ । सेवाग्राहीहरु सेवा लिनको लागी बेलुकी अबेलासम्मै लाइन मै हुनेगर्दछन् ।

कर्मचारीले त्यती बेलासम्म पनि निरन्तर नागरिकलाई सेवा दिएका हुन्छन् । दशैंपछि खुलेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ । दशैपछि हरेक दिन बिहान साढे नौ बजेदेखि नै कार्यालयमा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । साँझसम्मै बसेर सेवा पाउदा नागरिकहरुको अनुहारमा भने खुशी हुने गरेका छन् ।

बुठवलबाट राहदानी बनाउन आएकी मुसिकोट नगरपालिका निवासी सिता घिमिरेले रातीमा सेवा प्रदान गरेकोमा प्रशासनलाई धन्यवाद दिइन । उनले सेवाग्रहीको सहजताको लागि प्रशासनले राती ९, १० बजेसम्म सेवा प्रदान गरेर सेवा लिन पाएको प्रति प्रशंसा गरिन ।जापान जान राहदानी बनाउन आएका चन्द्रकोट गाउँपालिकाका उमेस भण्डारीले रात्रीकालीन समयमा पनि सेवा प्रदान गर्ने गुल्मी प्रशासनलाई धन्यवाद दिए । उनले सेवाग्रहीको चापले गर्दा रातीसम्म पनि सेवा दिनु प्रशासनको काम राम्रो लागेको बताए ।

यस्तै खुशीसहित जिल्ला प्रशासन कार्यालय गुल्मीलाई धन्यवाद दिए केही सेवा ग्राहीले । अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशै तिहारको बिचमा दैनिक १ सय देखि १ सय ७० सम्म नयाँ नागरिकता जारी हुने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।प्रशासन कार्यालयको दैनिक क्षमता ७० जना सम्म भए पनि अहिले भने १७० भन्दा माथीसम्म पुग्ने गरेको छ । बिहान ८ बजे देखि राती ८ बजेसम्म सेवाग्राहीले सुबिधा पाउन भनेर आफु राती अबेरसम्म सेवामा खटिएको पौडेलले बताए ।

कार्यायलमा कर्मचारीको अभाव भएको कारणले पनि समस्या परेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए । उहाँले सेवामा प्रशासनका जनशक्तिको अधिकतम प्रयोग गरेको बताए । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावैका बीचमा पनि सेवाग्राहीले सहजै रुपमा सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend