logo
  • शनिबार, असोज १० २०८३

तम्घासका कार्यालयमा प्रशासनको छड्के निरिक्षण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी  कात्तिक २ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयलहरुमा छड्के निरिक्षण गरेको छ । जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलिले छड्के निरिक्षण गरेको हो ।
जिल्ला समन्वय, सडक पूर्वाधार, बिद्युत, नापि, मालपोत र खानेपानी कार्यालयमा छड्के अनुगमन गरिएको प्रशासनले जनाएको छ ।कार्यालयहरुले प्रदान गर्ने सेवा प्रवाह र सेवाग्रहले पाइरहेको सेवालाई सहज बनाउने उदेश्यले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
अनुगमनको क्रममा कार्यालयले प्रदान गर्ने सेवासँगै कार्यालयको सरसफाइको अवस्था बारेमा पनि निरिक्षण गरिएको थियो । अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालय प्रमुखसँग सेवाप्रवाहको क्रममा समस्या भए राख्न आग्रह गरेका थिए ।

सेवाग्रहीलाई अधिकत्तम छिटो सेवा प्रदान गर्न निर्देशन दिएका थिए । केहि कार्यालहरुसँग वर्षातले बिगारेका मोटरबाटो, खानेपानी जस्ता समस्याहरुमा छिटो मर्मत गर्न सुल्झाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend