साझा नेटवर्क
अर्जुन खनाल, नयाँ दिल्ली भारत जेष्ठ ११।
भारतको राजधानी दिल्लीको नजिकै गुड्गाँव राज्यमा गुल्मी शान्तिपुर, हरेवा गाविस वाड न ८ भेदी खाल्टाका ३५ बर्षिय भिम बहादुर कार्कीले गए राती आत्महत्या गरेका छन ।
आत्महत्या के कारणले गरे भन्ने बारे खुलास भएको छैन । गुड्गांवमै डेढ बर्षदेखि रबिन्द्र लोहियाको कन्स्ट्रकसन कम्पनिमा काम गर्दै आएका उनी हिजो काम सकेपछी त्यही बसेका थिए । उनी त्यही आफिसको कोठामा बस्दै आएका थिए ।
राती के भयो कसैलाई जनाकारी भएन बिहान काम गर्ने मजदुर आउदा ढोका नखोलेपछी मालिकलाई बोलाएर जानाकरी गाराईएको थियो । त्यसपछि मात्र उनले पासो लगाएर आत्महत्या गरेको खुलासा भएको हो । मृतक घर देखि एक महिना पहिले आएको र घरमा श्रीमती दुई छोरी र एक छोरा रहेको भेष राज पौडेलले साझा नेटवर्कलाई जानाकरी गराउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend