logo
  • शनिबार, असोज १० २०८३

गुल्मीका १८ जना असहाय बालबालिकालाई समाजसेवी थापाको सहयोग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सागर भण्डारी, गुल्मी असोज १४ ।
गुल्मीमा रहेका १८ जना असहाय बालबालिकाहरुलाई समाजसेवी लिल बहादुर थापाले सहयोग गर्नुभएको छ । बाँकेको खर्जुरा गाउँपालिका वडा नं ४ निवासी थापाले गुल्मीका विभिन्न विपन्न एवम् असहाय नागरिकहरुलाई निरन्तर सहयोग गरिरहनुभएको छ । लामो समयदेखि सडकमा माग्दै हिँड्ने उनीहरुलाई हाल विभिन्न सरोकारवाला निकायको सहयोगमा महेन्द्र माध्यमिक विद्यालयको स्काईट भवनमा मिनी छात्रावासमा व्यवस्थापन गरिएको छ ।
उक्त छात्रावासमा बस्ने बालबालिकाहरुलाई न्यानो कपडा र झण्डै १५ दिनलाई खाद्यान्नको व्यवस्थापन गर्ने गरी समाजसेवी थापाले नगद ५५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम थापाले महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी अर्याललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सबै सरोकारवाला निकायहरु मिलेर सडक बालबालिकाको व्यवस्थापन गरिएको बताए । उनले सरकारको यस कार्यमा जोडिएर अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै उहाँले यस्तै पुण्य काममा जोडिन सबैलाई आग्रह समेत गर्नुभयो ।
रेसुगां नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लाका स्थानीय तह,शिक्षा समन्वय ईकाई,प्रशासन तथा सुरक्षा निकाय र सम्बद्ध सवै पक्ष मिलेर बालबालिकाहरुको व्यवस्थापन गर्न सफल भएको भन्दै यो पुण्य काममा जोडिएर बालबालिकाहरुको भविष्यका लागि सहयाग गर्नुभएकोमा सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहयोग धेरै थोरै भन्दा पनि यस्ता मनकारी र पवित्र भावना भएका व्यक्तिहरुबाट अरुले पनि सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीका ईकाई प्रमुख लोकनाथ मरासिनीले निकै दुखका बाबजुद सडकमा वेवारिशे रहेका बालबालिकाहरुको चरित्र निर्माण गरी विद्यालयमा पढ्न पठाउने योजना रहेको भन्दै सहयोग रकम मध्ये नगद १० हजारबाट बालबालिकाहरुलाई न्यानो कपडा र बाँकी रकम ४५ हजारबाट खाजा तथा खानाको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

सोही अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीले समाजसेवी थापाले सम्मान गरेको छ । सबैको सहयोग र सद्भावबाट बच्चाहरुको भविष्य उज्जवल बनाउने कार्यमा काँधमा काँध मिलाउनका लागि सहयोग गर्नुभएको भन्दै प्रमुख जिल्ला अधिकारी पौडेल, रेसुगां नगरपालिकाका नगरप्रमुख पन्थी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अर्जुन रानाभाट लगायतले सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend